पर्वत जिप दुर्घटनामा तीनको मृत्यु सात घाइते

भदौ २६ । उत्तरी पर्वतको धाइरिङ गाविस ३ धारापानीमा शनिबार दिउँसो जिप दुर्घटना हुंदा तीन जनाको मृत्यु र सात जना घाइते भएका छन् । पर्वतकै शालिजा गाविसको ठोट्नेरीबाट धाइरिङ गाविसस्थित मिलनचोक आउंदै गरेको ग.१ ज ५१०२ नम्बरको जिप दुर्घटना हुंदा म्याग्दी जिल्ला ज्यामरुकोट गाविस– ३ घर भएकी ५० वर्षीया राममाया दमाइको घटनास्थलमै मृत्यु भएको छ ।

parbat त्यस्तै, कास्की जिल्ला रिभान– ९ बस्ने ३० वर्षीया डिलकुमारी बुढाथोकी र सोही ठाउं बस्ने ६० वर्षीया हरिमाया पुनको म्याग्दी जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पर्वतका प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो ।  दुर्घटनामा गम्भीर घाइते भएकी कास्की रिभान– ९ की १४ वर्षीया अमृता पुनलाई थप उपचारका लागि पोखरा पठाइएको छ भने अन्य सातजना घाइतेको म्याग्दी जिल्ला अस्पतालमा उपचार भइरहेको खनालले जानकारी दिए । सवारी चालक रिमबहादुर फगामीलाई नियन्त्रणमा लिइएको बताइएको छ । कच्ची सडकमा जिपको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

तपाईको प्रतिक्रिया