किन रिसाइन् कट्रिना रणविरसँग ?

मुम्बई । सबैलाई थाहा भएको कुरा हो रणवीर कपुर र कट्रिना कुनै जमानामा प्रेमी–प्रेमिका थिए । उनीहरूले ‘ब्रेकअप’ पछि पनि एकअर्कालाई बिझ्ने गरी बोलेका थिएनन् । एक अन्तर्वार्तामा रणवीरले भनेका थिए, ‘कट्रिना मेरो जिन्दगीकी प्रेरणादायक महिला हुन् ।’ तर, हालसालै के खबर आएको छ भने उनी कट्रिनाका ‘पर्सनल म्यासेज’ आफ्ना साथीहरूलाई देखाउँदै हिड्ने गरेका छन् ।  एक अखबारका अनुसार यही कारण कट्रिना रणवीरसँग रिसाएकी छिन् । केही समय पहिले रणवीरले एक अन्तर्वार्तामा कट्रिनासँगको आनो सम्बन्धबारे खुलेर कुराकानी गरेका थिए ।

katrina-kaif-in-white-bikini-201605-716357उनले भनेका थिए, ‘मेरा आमाबुबापछि कट्रिना एकमात्र यस्ती महिला थिइन जो मेरो जिन्दगीमा जोडिइन् र मलाई अगाडि बढ्न प्रेरणा दिइन् ।’कट्रिनाले आफ्ना निकट साथीहरूलाई रणवीर एकदमै बनावटी मान्छे भएको बताउँदै आएकी छिन् । उनी रणवीरले सम्बन्धलाई महत्त्व नदिएको ठान्छिन् ।

Published On:  505पटक हेरिएको

तपाईको प्रतिक्रिया