गणपूरक संख्या नपुग्दा संसद् बैठक प्रभावित

काठमाडौं–भदौ २५ । गणपुरक संख्या नपुगेपछि संसद्को बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।शुक्रबारको संसद् बैठकमा सरकारको विधेयक पेश गर्ने क्रममा सांसद्को उपस्थिति न्यून भएपछि बैठक स्थगित भएको थियो ।

parliyament-meeting-1khaliकानुनमन्त्री अजयशंकर नायकले पेश गर्नुभएको न्याय सेवा आयोग विधेयक, न्याय परिषद् विधेयकलगायत कार्यसूचीमा रहेका कार्यक्रम पारित भएनन् । त्यसअघि अर्थमन्त्री कृष्णबहादुर महराले पेश गर्नुभएको केही कार्यसूची र सिँचाइमन्त्री दीपक गिरीले पेश गर्नुभएको भूमिगत जलस्रोत विधेयक भने पारित भएका थिए । संविधानको धारा ९४ अनुसार संसद्को बैठकको गणपुरक संख्या पुग्न एक चौथाइ सांसद् उपस्थित हुनुपर्छ । गणपुरक हुन अहिले १ सय ४९ सांसद् सदनमा उपस्थित हुनुपर्छ ।

नेमकिपाका सांसद् डिल्लीप्रसाद काफ्लेले गणपुरक संख्याबारे प्रश्न उठाएपछि बैठक सञ्चालनका लागि १ सय ४९ हुनुपर्नेमा १ सय २६ मात्र सांसद् सदनमा उपस्थित थिए । आगामि बैठक आइतबार ११ बजे बस्नेछ  । यसअघि पनि पटक–पटक सांसदको कम उपस्थितिका कारण बैठक प्रभावित हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया