अख्तियारका कारण विकास भएन : माधव नेपाल

काठमाडौं–भदौ २५ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अख्तियार र वन मन्त्रालयका कारण अपेक्षित विकास हुन नसकेको आरोप लगाउनुभएको छ  । काठमाडौंमा आज भएको कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले अख्तियारको अनुचित चाmadavसो र वन मन्त्रालयको स्वार्थका कारण विकास निर्माणले गति लिन नसकेको बताउनुभएको हो ।

विकासको काम सुरु हुनासाथ अख्तियारले फाइल झिकाउने र वन मन्त्रालयले कमिशन नपाउँदासम्म स्वीकृति नदिने कारण विकासमा असर परेको उहाँको भनाइ छ । वरिष्ठ नेता नेपालले सबैपक्ष एकजुट नहुँदासम्म मुलुक समृद्ध हुन नसक्ने भएकाले विकास निर्माणमा अवरोध गर्न नहुनेसमेत बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया