मधेशको माग सम्बोधन गर्न सरकार असफल : कमल थापा

भदौ २५ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारले मधेशको माग सम्बोधन गर्न असफल भएको टिप्पणी गर्नुभएको छ ।Kamal-Thapa

बुटवलमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले सरकार गठन भएको महिना दिन बित्दा पनि समस्या समाधान गर्न नसकेको बताउनुभएको हो । उहाँले मधेश समस्या समाधान नगरी चुनाव लाद्न खोजे संविधान नै दुर्घटनामा पर्नसक्ने खतरा रहेको बताउनुभयो ।

अध्यक्ष थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार संसदमा गर्नुभएको सम्बोधन सस्तो लोकप्रियताका लागि मात्र भएको टिप्पणी गर्नुभयो । उहाँले अब हुने संविधान संशोधनमा हिन्दूराज्य पुनस्र्थापना गरी धर्मनिरपेक्षता खारेज गर्न मागसमेत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया