समस्या समाधानका लागि दलीय सहमति आवश्यक : पूर्वराष्ट्रपति यादव

काठमाडौं–२५ । पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले मुलुकका विद्यमान समस्या समाधानका लागि दलहरूबीच राष्ट्रिय सहमति आवश्यकता भएको बताउनुभएको छ । शुक्रबारदेखि काठमाडौंमा सुरु भएको बीपी विचार राष्ट्रिय समाजको दोस्रो महाधिवेशनमा पूर्वराष्ट्रपति यादवले मधेश समस्या समाधान, संविधान कार्यान्वयन, तीन तहको चुनाव सम्पन्न गर्न र पुनर्निर्माण कार्यलाई तीब्रता दिन राष्ट्रिय सहमति आवश्यक भएको बताउनुभएको हो ।

rambaranउहाँले मधेशी मोर्चालाई पनि सहमतिमा लिएर संविधान जारी गर्ने विषयमा आफूले प्रमुख दलहरूलाई सहमत गराउन नसकेको स्मरण गर्नुभयो । पूर्वराष्ट्रपति यादवले मुलुकको राजनीति सत्ता केन्द्रित र विकृत्तियुक्त भएका कारण राजनीतिक अस्थिरता संस्थागत भएको टिप्पणी गर्नुभयो ।

पूर्वराष्ट्रपति यादवले नेपालको भू–राजनीतिलाई समेत ध्यान दिएर मुलुकका मुख्य राजनीतिक शक्तिहरूबीच एकता आवश्यक रहेको धारणा राख्नुभयो । तीन दिनसम्म चल्ने महाधिवेशनमा ७५ जिल्ला र विदेशवाट समेत प्रतिनिधि र पर्यवेक्षक सहभागी छन् । महाधिवेशनले चुनावमार्फत नयाँ कार्यसमिति समेत चयन गर्नेछ ।

Published On:  469पटक हेरिएको

तपाईको प्रतिक्रिया