फुटको हल्ला निरधार हो : फोरम लोकतान्त्रिक

काठमाडौं–भदौ २४ । पार्टी भित्र अध्यक्ष विजयकुमार गच्छदार र महासचिव जितेन्द्र देववीच वैचारिक मतभेद रहेका कारण फुटको संघारमा रहेको भनिएको फोरम लोकतान्त्रिकले बाहिर आएको हल्ला निरआधार रहेको बताएको छ । पार्टीको अगामी कार्यदिशा र मधेशका माग सम्बन्धमा पार्टीभित्र सामान्य विवाद भएपनि पार्टी फुटको संघारमा भने नरहेको मधेशी जनअधिकार फोरमjeetendra-dev-loktantrik-foram लोकतान्त्रिकका महासचिव जितेन्द्रदेवले जानकारी दिनुभयो । एमाले नेतृत्वको सरकारमा पनि सहभागी भएको फोरम लोकतान्त्रिकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार जनताका माग सम्बोधन गर्ने मामिलामा दूरदर्शी भएको भन्दै सरकारमा समानजनक स्थान पाए सहभागी हुने बताइरहेको छ । फोरम लोकतान्त्रिकका सांसदहरूले यसअघि सरकारमा आफूहरूलाई सहभागी गराउन भ

न्दै पार्टी अध्यक्ष विजयकुमार गच्छदारलाई अल्टिमेटम समेत दिएका थिए । पार्टी अध्यक्ष विजयकुमार गच्छदारले पार्टीका नेताहरूलाई बेवास्ता गरी सरकारमा नजाने निर्णय गरेपछि असन्तुष्ट पक्षका सांसदले पार्टी फुटाएर भए पनि सरकारमा जाने भन्ने हल्लाहरू बाहिर आएका थिए । तर त्यस्तो हल्लामा कुनै सत्यता नभएको महासचिव जिदेन्द्रवेदले बताउनुभएको छ । तराईबाट प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल र संसदको पाँचौ ठूलो दलभित्र विवाद बढ्नुको एक मात्र कारण भने सरकारमा सहभागी हुने या नहुने भन्ने विषय नै हो ।

तपाईको प्रतिक्रिया