इलामका कृषक अलैंचीबाट आत्मनिर्भर बन्दै

इलाम–भदौ २४ । इलामको दक्षीण पुर्वी क्षेत्र जिर्मले–सलकपूर कृषि पर्यटनबाट परिचित मानिन्छ । गोल्डेनभ्यालीका रुपमा समेत प्रसिद्धि कमाएको सलकपूरमा सुन्तलासँगै अलैची खेतीले व्यवसाायिक रुप लिएपछि स्थाानियको जिवनस्तरमा निक्कै सुधार देखिएको छ ।

alaichiखोल्साको कालो सुन भनेर चिनिने अलैची खेती पुर्वी नेपालका ताप्लेजुङ, पाँचथर र इलामका अधिकांश  क्षेत्रका लोप हुँन थालेपनि  इलामको सलकपुरमा भने यसको उत्पादन बढ्दो छ । करिव २ सय ५० घर रहेको सलकपुरका कृषकले यो वर्षमात्र ५ सयमन अलैचीको फल र करिब ४० लाख बिरुवा बिक्रि गरेर मनग्य आम्दानी गरेका छन् । स्थानीय कृषक याम अधिकारीले यो वर्ष उत्पादन भएको अलैची प्रतिमन ७० हजार देखी १ लाख रुपैयाँ सम्ममा बिक्री गरेर झण्डै ५ करोड ५० लाख रुपैयाँको आम्दानी भएको बताउनुभयो ।

जिर्मले जातको अलैची खेती गर्ने र यो जातको अलैची अन्यको तुलनामा रोगप्रतिरोधि हुने भएकाले माग समेत ३९ जिल्लाबाट आउने गरेको कृषकहरु बताउँछन् । बिरुवाको अत्याधिक माग हुनथालेपछी अन्य बाली मासेर समेत अलैचीको नर्सरी सञ्चालन हुँदै आएको स्थानीय कृषक समशेर राई बताउँनुहुन्छ । सलकपुरमा उत्पादीत अलैचीका बिरुवा तेह्थुम, धनकुटादेखी गोर्खा, बाग्लुङ र रोल्पासम्म विस्तार भइसकेको अलैची विकास कार्यालय फिक्कलले जानकारी दिएको छ ।

उत्पादनका हिसाबले अन्तर्राष्टिय बजारमा ६० प्रतिशत हिस्सा ओगट्ने अलैची खेतीमा पछिल्ला वर्षमा रोग बढेपनि कृषकहरु प्रभावित हुँदै आएका छन् । स्थानीयको जिवनस्तर उकास्न सक्ने अलौची खेती व्यवस्थापनमा राज्यको ध्यान पुग्नसक्नुपर्छ ।

तपाईको प्रतिक्रिया