बागलुङ–भदौ २३ । बागलुङमा कालो ढुङ्गाबाट उत्पादित टायलको माग बढेको छ । जिल्लाको पश्चिम तारा, हिल, अर्गल, अमरभुमी लगायतका गाविसमा सञ्चालित दर्जनौ ढुङ्गा खानीबाट उत्पादन हुँदै आएको टायलहरुको माग बढेपछि स्थानियले मनग्ये आम्दानी गर्न थालेका छन ।
लामो समयदेखि सञ्चालनमा आएका ढुङ्गा खानीहरुबाट उत्पादन भएका टायलहरु हाल बागलुङ, पोखरा, काठमाडौं, बुटवल, म्याग्दी, कुश्मा लगायत ठूला–ठूला शहरहरुमा खपत हुने गरेका छन् । अन्य टायलहरु बिच्छाइएका घरहरुमा जाडो समयमा चिसो बढ्ने भएकाले यो टायलको माग बढेको व्यवसायीहरु बताउँछन् । माग बढेसँगै गाउँमा उत्पादन हुने सानो टायलको टुक्रालाई समेत १० रुपैयाँ पर्न थालेको छ । स्थानीयवासीहरुले भुक्षय नहुने गरी विभिन्न ठाउँबाट निकाल्ने तयारी थालेको बताउँछन् । अहिले आधुनिक घर निमार्णको क्रममा प्राकृतिक ढुङ्गाकै माग गर्ने गरेका कारण पनि बागलुङको टायल अन्य शहरमा समेत जाने गरेको छ ।
माग बढेपछि शुरुमा घर छाउँने ढुङ्गा उत्पादन गर्दै आइरहेका खानीहरुले अहिले घर छाउाने ढुङ्गासँगै टायल पनि उत्पादन गर्न थालेका छन् । गाउका ढुङ्गा खानी व्यवसायिक रुपमा अगाडि बढेपछि स्थानीय युवाहरुले समेत राम्रो रोजगारी पाएका छन् । बाग्लुङको पश्चिम क्षेत्रमा रहेका करिब २० भन्दा बढी ढुङ्गा खानीमा १ सय भन्दा बढी युवाको प्रत्यक्ष रोजगारी जोडिएको छ ।