स्याङजामा पौडी खेल्न गएका एक युवा बेपत्ता

स्याङ्जा–भदौ २२ । स्याङ्जाको गल्याङस्थित आाधीखोला जलविद्युत केन्द्रको ड्याममा पौडी खेल्न गएका एक युवा बेपत्ता भएका छन् । सोमवार दिउसो पौडी खेल्न गएका तुलसीभञ्याङ गाविस वडा नंम्बर ८ सिम्लेका १८ बर्षीय अर्जुनप्रसाद भट्टराई ड्याममा डुबेर सोमबार बेपत्ता भएका हुन् ।

स्थानीय र प्रहरीले सोमवार बेपत्ता भट्टराईको खोजी गरेपनि फेला पार्न नसकेपछि आज पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी गणको रेस्क्यू टोलीले खोजतलास जारी राखेको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरिक्षक उत्तमप्रकाश बरालले जानकारी दिनुभयो । काठमाण्डौंस्थित सगरमाथा उच्च माविमा कक्षा १२ मा अध्ययनरत भट्टराई साथीहरुसगै पौडी खेल्न आाधीखोलामा गएका थिए ।

तपाईको प्रतिक्रिया