पाँचथरमा पहिरोबाट सडक र घरमा क्षति

भदौ २२ । केहि दिनयता निरन्तरको बर्षाका कारण पाँचथर जिल्लाका विभिन्न स्थानमा गएको पहिरोले सडक र सर्वसाधारणका घरमा क्षति पुर्‍याएको छ । पहिरोले सदरमुकाम फिदिमस्थित साव्राङ टोलका नारायणप्रसाद कोइरालाको एक घर भत्काएको छ भने प्रेम अमात्याय र मोहन योङ्हाङको घरमा पनि क्षति पुर्‍याएको छ ।

पहिरोले घर भत्काउँदा कोइरालाले भण्डारण गरेको ५० मन अदुवा पुरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । त्यस्तै पहिरोका कारण याङ्नाममा पनि एउटा घरमा क्षति पुगेको छ । यस्तै अविरल वर्षापछि गएको पहिरोले फिदिम, रानिटार र फिदिम सिदिनसँगै जोरपोखरी एकतिन सडक खण्डमा क्षति पुर्‍याएकाले त्यस क्षेत्रमा यातायात ठप्पभएका छन ।

Published On:  414पटक हेरिएको

तपाईको प्रतिक्रिया