गुप्तालाई सघाएको आरोपमा प्रहरी इन्स्पेक्टर नै पक्राउ

काठमाडौं–भदौ २२ । अपहरण र रकम अशुलीको धम्की दिएको आरोपमा पक्राउ परेका पूर्वमन्त्री श्यामसुन्दर गुप्तालाई सघाउदै आएको अभियोगमा प्रहरी निरीक्षक समेत पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरले भैंसेपाटी प्रहरी कार्यलयका प्रहरी निरीक्षक अनिल पण्डित धम्की प्रकरणमा संलग्न रहेको भन्दै आज पक्राउ परेका हो ।

पूर्वमन्त्री गुप्ताले एक महिला व्यावसायीसँग जबरजस्ती रकम अशुल गर्न खोजेको आरोपमा सोमबार पक्राउ परेका थिए । प्रहरी निरीक्षक पण्डित र पूर्वमन्त्री गूप्ताका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Published On:  361पटक हेरिएको

तपाईको प्रतिक्रिया