संविधान कार्यान्वयन अहिलेको प्रमुख कुरा हो : प्रधानमन्त्री

 काठमाडौं–भदौ २२ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको कार्यान्वयन र मुलुकको आर्थिक समृद्धिका लागि ऐतिहासिक संकल्पको खाँचो रहेको बताउनुभएको छ । मङ्गलबार काठमाडौंमा नेपाल आर्थिक संघको रजत महोत्सवलाई सम्वोधन गर्दै प्रधानमन्त्री दाहालले संविधानको सफल कार्यान्वयन, पुर्ननिर्माण र मुलुकको आर्थिक समृद्धिका लागि ऐतिहासिक राष्ट्रिय संकल्पको आवश्यकता रहेको बताउनुभएको हो । प्रधानमन्त्री दाहालले मुलुकको वर्तमान अन्यौलताको अविलम्व निकास नखोजे संकट गहिरिंदै जाने चिन्ता व्यक्त गर्नुभयो ।

prachanda उहाँले संविधानको कार्यान्वयन, पुर्ननिर्माण, आर्थिक समृद्धि र सबै समुदायबीच एकता कायम गराउनु चुनौतीपूर्ण अवसर भएको धारणा राख्नुभयो । प्रधानमन्त्री दाहालले मुलुकको पुर्नसंरचना अनुसार वित्तीय व्यवहार र व्यवस्थालाई परिर्वतन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले युवाहरुलाई मुलुकको पुननिर्माणमा लगाएर विदेश पलायन हुनवाट रोक्ने उपाय बारे ठोस प्रस्ताव सहितको सुझाव दिन अर्थशास्त्रीहरुलाई आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया