खेलकुद विश्वविद्यालय गठन गर्न माग

काठमाडौं–भदौ । राष्ट्रिय विश्वविद्यालय खेलकुद संघ नेपालले खेलकुदको विकास गर्नका लागि खेलकुद विश्वविद्यालय गठन गर्न माग गरेको छ ।

1काठमाडौंमा मंगलबार संघले पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय जगतमा खेल क्षेत्रको सफलता प्राप्त गर्नका लागि नेपालमा खेलकुद विश्वविद्यालय गठन हुनुपर्ने माग राखेको हो ।Anil Rijal Chairman

संघले नेपालको खेलकुद विकासका लागि तीन एजेण्डा पनि प्रस्तुत गरेको छ ।

संघका अध्यक्ष अनिलकुमार रिजालले खेलकुदका लागि उठाइएको रकम खेलक्षेत्रमै लगानी गर्नु पर्ने, विश्वविद्यालयका मातहतका क्याम्पस तथा विद्यालयमा खेलकुद प्रशिक्षक राख्नु पर्ने लगायतका एजेण्डा सार्वजनिक गर्नुभएको छ ।

Chandra Lama Mahasachib

यस्तै, खेलकुद क्षेत्रमा लागेका खेलाडी तथा प्रशिक्षकको जीवन सुरक्षित गर्न समेत संघले जोड दिएको छ । खेलकुदलाई चुस्तदुरुस्त बनाउनका लागि खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् लगायतका निकायलाई ज्ञापनपत्र बुझाउने संघका महासचिव चन्द्र तामाङले जानकारी दिनुभएको छ ।

Published On:  447पटक हेरिएको

तपाईको प्रतिक्रिया