पूर्वमा सातौ राष्ट्रिय खेलकुदको तयारी शुरू

भदौ २० । पूर्वका विभिन्न स्थानमा सातौं राष्ट्रिय खेलकुुद प्रतियोगिता हुने निश्चित भएसंगै आवस्यक पूर्वाधारहरुको प्राविधिक जाँच सुरु गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका इन्जिनियरसहितको टोलीले खेल logoसञ्चालन हुने मैदानहरुको अनुगमन र प्राविधिक जाँच सुरु गरेको हो ।

परिषदका इन्जिनियर अरुण उपाध्यायको नेतृत्वको प्राविधिक टोलीले इटहरीको पूर्वाञ्चल क्षेत्रीय रंगशाला, जनता उच्च माविको खेलमैदान, जनता बहुमुखी क्याम्पसको खेलमैदान लगायत विराटनगरको शहिद रंगशाला, धरानको रंगशालाको अनुगमन तथा प्राविधिक जाँच गरेको छ । प्राविधिक जाँचसहित मर्मत तथा निर्माणको काम भईरहेको पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितीले जनाएको छ । बाइट…रविन नगरकोटी, पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समिति । इटहरी रंगशालाको अनुगमनपछि एलेथ्लेटिक्स ट्र्याक र खेलमैदान र्ममत गर्नुपर्ने टोली प्रमुख उपाध्यायले बताउनुभयो ।

Published On:  530पटक हेरिएको

तपाईको प्रतिक्रिया