जनकपुरमा पाँचवटा औषधी पसल कारवाहीमा

भदौ २१ । जिल्ला अनुगमन समितिले जनकपुरमा अवैद्य रुपमा सञ्चालन भइरहेका पाँचवटा औषधी पसल बन्द गराएको छ । धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरी नेतृत्वको टोलीले गरेको स्वास्थ्य संस्था अनुगमनपछि तत्काल बन्द गराउंदै एकसातामा आवाश्यक कागजपत्र लिएर आउन निर्देशन दिएको हो ।

जनकपुरको अस्पताल रोडस्थित यादब फार्मेसी, राधे फार्मेसी, ओम जानकी औषधालय, मीरा औषधी केन्द्र र राधाकृष्ण मेडिकल हलले कुनै कागजपत्र नै नराखि औषधी पसल सञ्चालन गरेको अनुगमन टोलीले जनाएको छ ।

तपाईको प्रतिक्रिया