तनहुँ– भदौ २१ । तनहुँको भानु नगरपालिका खातीथोकका बासिन्दाले खानेपानीको अभाव टार्न विभिन्न संस्थाको सहयोग र श्रमदानबाटै घर–घरमा आकाशे पानी संकलन गरेका छन् । गाउँमा पानीको श्रोत अभाव भएपछि खानेपानी तथा पशुपालनका लागि आवश्यक पर्ने पानी जुटाउन आकाशे पानी संकलन गर्न घरघरमा घैंटो तथा प्लाष्टिक पोखरी निर्माण गरेका हुन् ।
पानीका स्रोत भूकम्पलेसुकेपछि आकाशे पानी संकलन गरेको उनीहरुको भनाइ छ । प्लाष्टिक पोखरीमा पानी संकलन गरी थोपा सिंचाई प्रविधिबाट व्यवसायिक गोलभेडा खेती समेत गरेका स्थानीयले गाउँ नजिकैको रिठ्ठापानीबाट विद्युतीय प्रणाली मार्फत पानी ल्याउने योजना समेत बनाएका छन् ।