रुटपरमिट नभएपछि जाजरकोटमा यात्रुले हदै सम्मको कष्ट बहोर्दै

जाजरकोट–भदौ २१ । रुटपरमिट नभएको भन्दै स्थानीय प्रशासनले जाजरकोट–डोल्पा बगारा मनमई–तल्लुबगर ६५ किलोमिटर सडक खण्डमा सवारी चलाउन रोक लगाएपछि यात्रुहरु बिचल्लीमा परेका छन् । विकल्प विनै प्रशासनले यातायात संचालनमा रोक लगाएपछि ३ सातादेखि यातायात सेवा ठप्प हुंदा यात्रुले सास्ती पाएका हुन् । सवारीसाधन नचल्दा सर्वसाधारण २/३ दिन पैदल हिंडेर गन्तब्यमा पुग्न बाध्य छन् ।

jajarkot_district स्थानीयले तत्काल जीप सेवा संचालन गर्न माग समेत गरेका छन् । यातायात बन्द भएपछि बिरामी, बृद्ध र खाद्यन्न लगाएत दैनिक उपभोग्य बस्तु तथा निर्माण सामाग्रीको ढुवानी गर्न समस्या भएको छ । जाजरकोट—डोल्पा सडकको ५६ किलोमीर दुरीमा जीप चल्दै आएका थिए । यता, रुटपरमीट नभएका सडकमा यातायात संचालन गर्न नदिने सरकारी निर्णय कार्यान्वयन गरेको स्थानीय प्रशासनले जनाएको छ । विभागबाट अस्थायी अनुमती समेत नलिइ ब्यबसायीले यो सडकमा ५ बर्षदेखि जिप संचालन गरी मनपरी भाडा अशुल्दै आएका थिए ।

तपाईको प्रतिक्रिया