मानव बेचखिन विरूद्धको दिवस मनाइयो

भदौ २१ । मानव बेचविखन तथा ओसारपसार विरुद्धको सातौं राष्टिय दिवस नेपालमा पनि विभिन्न कायक्रमका साथ मनाईएको छ ।  ‘एउटै लक्ष्य एउटै सार, मानव बेच विखनको अन्त्य हाम्रो साझा सरोकार’ भन्ने नारा सहित कञ्चनपुरमा सोमबार जनचेतानामुलक कार्यक्रम गरी दिवस मनाइएको छ । मानव बेचविखन विरुद्धको दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालयबाट निकालिएको र्‍याली महेन्द्रनगर बजार परिक्रमा गरी मदनचोक पुगेर कोणसभामा परिणत भएको थियो ।

कार्यक्रममा कञ्चनपुरस्थित मानव बेचविखन विरुद्ध काम गर्ने संघसंस्था, सरकारी कार्यालय, प्रहरी, मानवअधिकारकर्मी तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो । यसैबीच सप्तरीमा भएको कार्यक्रममा सहभागिहरुले मानव बेचविखनको समस्याले मुलुकमा भयावह रुप लिएको भन्दै सबैलाई सचेत हुन आग्रह गरेका छन् ।

Published On:  460पटक हेरिएको

तपाईको प्रतिक्रिया