जनताको अधिकार पूर्ण संस्थागत हुन बाँकी छ : नेता थापा

काठमाडौं–भदौ २१ । माओवादी केन्द्रका नेता रामबहादुर थापाले अझैपनि जनताको अधिकार संस्थागत भइनसकेको बताउनु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा सोमबार भएको कार्यक्रममा नेता थापाले जनयुद्धबाट हाँसिल भएका उपलब्धिबाट देशमा केही परिवर्तन आएपनि अझै जनताका अधिकारहरू पूर्ण रूपले संस्थागत हुन नसकेको बताउनुभएको हो । rambahadur-thapa.jpg

उहाँले अब लोकतन्त्रका उपलब्धिलाई संस्थागत गर्दै देशलाई आर्थिक विकासको बाटोमा लैजानुपर्ने धारणा राख्नुभयो । नेता थापाले परिवर्तनको नेतृत्व माओवादीले गर्दै आएको र अगामी दिनमा पनि आर्थिक विकासको नेतृत्व समेत माओवादी केन्द्रले गर्ने दाबी गर्नुभयो ।

तपाईको प्रतिक्रिया