असन्तुष्टका माग सम्बोधन नभएसम्म स्थानीय चुवान हुन्न : नेता सिंह

prakash-man-sing1काठमाडौं–भदौ २१ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले असन्तुष्ट पक्षका माग सम्बोधन नगरेसम्म स्थानीय निकायको निर्वाचन सम्भव नहुने टिप्पणी गर्नुभएको छ । नेपाल तरुण दल काठमाडौं जिल्लाको चौथौ अधिवेशनको सोमबार काठमाडौमा उद्घाटन गर्दै नेता सिंहले संविधान प्रति असन्तुष्टी जनाईरहेका पक्षका माग सम्वोधन नगरेसम्म स्थानीय निकायको निर्वाचन सम्भव नहुने टिप्पणी गर्नुभएको हो ।

उहाँले आगामी १७ महिनाभित्र ३ वटै तहको निर्वाचन गर्नु अनिवार्य भएको भन्दै समयमै निर्वाचन सम्पन्न गर्न असन्तुष्ट पक्षका जायज माग सम्वोधन गर्नुपर्ने धारणा राख्नुभयो । नेता सिंहले नेपाली कांग्रेस नेतृत्वको पालामा जारी भएको संविधानलाई कार्यान्वयन गर्न तरुण दलको महत्वपूर्ण भुमिका रहने बताउनुभयो ।

तपाईको प्रतिक्रिया