कांग्रेसँग संविधान शंसोधन गर्ने नैतिक अधिकार छैन : शकर पोखरेल

काठमाडौं–भदौ २१ । नेकपा एमालेका नेता शंकर पोखरेलले कांग्रेससँग संविधान संशोधनको कुरा गर्ने नैतिक अधिकार नभएको जिकिर गर्नुभएको छ । काठमाडौंमा सोमबार भएको साक्षात्कारमा नेता पोखरेलले आन्दोलनकारीसँग सहमति गरेर संविधान संशोधन गर्ने प्रस्ताव कांग्रेसले नमान्दा समस्या आएको बताउनुभएको हो । उहाँले संविधानले कुनै पनि समूदायलाई विभेद नगरेको भन्दै केही सामाजिक विभेदलाई संविधानसँग जोड्न नहुने बताउनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले संविधान संशोधनका लागि संविधान निर्माण र जारी गर्दाको जस्तै दलीय सहमति, सहकार्य र एकता आवश्यक हुने बताउनुभएको थियो । संविधान संशोधन नगरी चुनाव हुन कठिन हुने भन्दै नेता रायमाझीले सरकार संशोधन प्रस्ताव पेश गर्न तयार रहेको बताउनुभयो ।

Sankar कार्यक्रममा नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले संविधान संशोधन संविधान कार्यान्वयनको एउटा पाटो भएको भन्दै एमालेको अडान संविधान कार्यान्वयमा बाधक बनेको आरोप लगाउनुभयो । मधेशी जनअधिकार पोरम गणतान्त्रीकका अध्यक्ष राजकिशोर यादवले संविधान संशोधन प्रस्ताव एमालेको परिक्षा भएको भन्दै सत्ता छाड्नु परेको पीडा र कुण्ठा पालेर राष्ट्रको भविष्य अन्धकार बनाउन खोज्दा स्वयम एमालेलाई घाटा हुने बताउनुभयो ।

Published On:  385पटक हेरिएको

तपाईको प्रतिक्रिया