सप्तरीका गोदाममा छापा

सप्तरी– भदौ २० । सप्तरीको राजबिराजमा चाडपर्वको मौका छोपी अखाद्य पदार्थ मिसाईएका एकलाख भन्दा बढी मुल्यका फलफुल बरामद गरिएको छ । संयुक्त वजार अनुगमन समितिले राजबिराजका ६ वटा फलफुल गोदाममा छापा मारी १ लाख १० हजार मुल्य बराबरको केरा बरामद गरेको हो ।

चाडपर्वको मौका छोपी अखाद्य पदार्थ मिसावट गरिएका फलफुल बिक्रि वितरण गरेको गुनासो आएपछि बजार अनुगमन समितिले छापा मारेको थियो ।

Published On:  412पटक हेरिएको

तपाईको प्रतिक्रिया