म्यादीमा एक बर्षमा सात खानेपानी आयोजना निर्माण

भदौ २० । म्याग्दी जिल्लामा पछिल्लो एक वर्षमा सातवटा खानेपानी आयोजना निर्माण भएका छन् । छ वटा गाविसका विभिन्न बस्तीमा दुई करोड आठ हजार ३ सय ९३ रुपैयाँको लागतमा निर्माण भएको आयोजना मार्फत ५ सय ४८ घरधुरीका तिनहजार ३ सय ५१ मानिसलाई शुद्ध खानेपानी पुगेको छ । फिwater-e1454394312340नल्याड सरकार, नेपाल सरकार, जिविस, गाविसको अनुदान र समुदायको श्रमदानमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको परियोजनाका सल्लाहकार थरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

रुखमा दम्सिलेक, चिमखोलामा नामिला, पाखापानीमा मुलपानी, उल्लेरी, शिखमा शिस्नेरी, ओखरबोटमा थाप्लेडाँडा खानेपानी आयोजना निर्माण तथा दरवाङ ३ को पुछारगैरा खानेपानी सुरक्षा योजना सम्पन्न भएको हो । परियोजना मार्फत हाल जिल्लामा सात करोड ३९ लाख ९ हजार ८ सय ९१ रुपैयाँ लागतका नौ वटा खानेपानी आयोजना निर्माणाधिन अवस्थामा रहेका छन् ।

Published On:  435पटक हेरिएको

तपाईको प्रतिक्रिया