भदौ २० । दैनिक १० हजार भन्दा बढि सवारी साधन आवतजावत गर्ने पुर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत तिनाउ नदीको पुल जीर्ण बनेको छ । पश्चिम नेपाललाई राजधानी लगाएतका अन्य शहरसंग जोड्ने एकमात्र बुटवलस्थित तिनाउ पुल जीर्ण बनेपनि स्तरोन्नतीका लागि चासो नदेखाएको स्थानीयले बताएका छन् ।
२ सय २६ मिटर लम्बाईको पुलको सतहमा १ हजार भन्दा बढि खाल्डाखुल्डी परेका छन भने पुलका फलामे छडहरु बाहिरै निस्केका छन । बिक्रम संम्बत २०४२ सालमा निर्माण भएको पुल जीर्ण भएसंगै जोखिम मोलेर यात्रा गर्नुपरेको सवारी चालक र यात्रुहरुले गुनासो गरेका छन् ।