जाजरकोटमा आगलागि हुँदा एकको मृत्यु

जाजरकोट–भदौ २० । आइतबार जाजरकोटको सदरमुकाम खलङ्गास्थित एक होटलमा आगलागी हँुदा तीज मनाउन माईत आएकी एक चेलीको मृत्यु भएको छ । जाजरकोटको भेरीमालिका नगरपालिका वडानम्बर–४ बसपार्कमा रहेको संगिता होटलमा आगलागी हुंदा नायकवाडाकी संगिता खत्री बोहराको मृत्यु भएको हो ।

होटलको कोठामा राखेको पेट्रोलमा आगो सल्किएपछि आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीमा परी होटल संचालक मानसिंह खत्री, पेट्रोल ब्यपारी चौरजहारी नगरपालिका ७ रुकुमका प्रेमबहादुर राना, प्रहरी जवान रमेश शाह, स्थानीय गोकर्ण चन्द घाइते भएको प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिनु भयो । घाइते चारै जनालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

Published On:  456पटक हेरिएको

तपाईको प्रतिक्रिया