काठमाडौं–भदौ २० । भुकम्पले क्षतिग्रस्त काठमाडौको बौद्धमा रहेको स्तुप पुर्ननिर्माणका क्रममा चीनियाँ भिक्ष्ुाको अस्तु राखिएको भन्दै सरोकारवालाले हटाउन माग गरेका छन् । आइतबार पर्यटनमन्त्री जीवनबहादुर शाहीलाई ज्ञापनपत्र बुझाउँदै बिभिन्न ९ वटा बौद्ध धर्मसम्बन्धी संस्थाहरुले स्तुपाको पुनर्निर्माण गर्दा चीनीया बौद्ध भिक्ष्ुाको अस्तु राखिएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।
ज्ञापनपत्र बुझ्दै मन्त्री शाहीले नेपाली स्तुपमा कसैको पनि अस्तु रहन नसक्ने भन्दै यसबारे थप बुझेर आफुले निर्णय गर्ने बताउनुभयो । ज्ञापनपत्र बुझ्दै मन्त्री शाहीले स्तुपामा मानव अस्तु राखिएको विषयमा पुरातत्व विभागलाई छानविन गर्न निर्देशन दिने समेत बताउनुभयो ।