काठमाडौं–भदौ २० । कानुन तथा न्याय मन्त्री अजयशंकर नायकले न्यायलयमा हुने अनियमितता नियन्त्रण गरेरै छाड्ने दावी गर्नुभएको छ । भक्तपुरमा आइतबार भएको कार्यक्रममा मन्त्री नायकले व्यवस्थापीका, कार्यपालिका र न्यायपालिका भ्रष्टाचारबाट अछुतो नरहेको भन्दै न्यायलयमा भईरहको अनियमिता र भ्रष्टाचार नियन्त्रणमा लिएरै छाड्ने बताउनुभएको हो ।
उहाँले आफ्नो कार्यकालमा न्यायलयमा सुधार गर्ने घोषणा समेत गर्नुभयो । मन्त्री नायकले तत्कालै २२ वटा प्रदेश कानुन र ६ वटा स्थानीय कानुन बनाउनु पर्ने भन्दै त्यसका लागि सत्य निरुपण तथा मेलमिलापसहित अन्य बिधेयक ल्याउने तयारी भइरहेको बताउनुभयो । फरक प्रशंगमा मन्त्री नायकाले तोकेको समयमा तीन तहको निर्वाचन नभए देशमा संबैधानिक संकट देखा पर्ने बताउनु भयो ।