ताप्लेजुङमा पहिरोमा परि ४ को मृत्यु

भदौ १९ । ताप्लेजुङमा पहिरोमा पुरिएर चार जनाको ज्यान गएको छ भने १ जना घाइते भएका छन् । त्यस्तै, ४२ घरका १ सय ९४ जना विस्थापित भएका छन् । ताप्लेजुङ नगरपालिका २ मा पहिरोले घर भत्कंदा  टिका मगरकी ३१ वर्षीय श्रीमती बिमला मगर, १२ वर्षका छोरा मनोज मगर, ७ वर्tapalejungषीय ललित मगरको मृत्यु भएको हो ।

यसैगरी पहिरोले घर पुर्दा सुब्बा माइली भनिने दिलकुमारी पालुङवाको पनि मृत्यु भएको छ । जिल्ला बिपत व्यवस्थापन समितिले जनाए अनुसार वर्षाले आंशिक तथा पूर्ण गरी ५० घरमा क्षति पुगेको छ । विस्थापितहरुलाई हिटी स्थित मेची होराइजन स्कूलमा अस्थायी वसोवासको ब्यवस्था गरिएको छ ।

विस्थापितहरुमा १ सय ६ जना महिला र ८८ जना पुरुष रहेका छन् । जिल्लाको पश्चिमी क्षेत्र फूलवारी गाविसमा भने ३ घरालाई पहिरोले क्षति पुर्‍याएको छ ।

Published On:  404पटक हेरिएको

तपाईको प्रतिक्रिया