चैतसम्मा स्थानीय निकायको चुनाव हुन्छ : मन्त्री थापा

काठमाडौं–भदौ १९ । स्वास्थ्यमन्त्री गगन थापाले आगामी चैत्र महिनामा स्थानीय तहको निर्वाचन हुनेमा शंका नगर्न आग्रह गर्नुभएको छ । बीपी कोइरालाको १ सय ३ औं जन्मजयन्तीको पूर्वसन्ध्यामा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले शनिबार  काठमाडौमा गरेको कार्यक्रममा मन्त्री थापाले आगामी चैत्र महिनामा स्थानीय तहको चुनाव हुनेमा शंका नगर्न आग्रह गर्नुभएको हो ।

अघिल्लो सरकारले चुनावको तयारी गर्नुभन्दा पनि हल्ला मात्रै गरेको भन्दै मन्त्री थापाले वर्तमान सरकारले चुनावको लागि आवश्यक ऐन नियमलगायत काम सुरु गरिसकेको जानकारी दिनुभयो ।

gagan-thapa.1उहाँले स्वास्थ्य क्षेत्रको सुधार आफ्नो कार्यकालको मुख्य प्राथमिकता भएको बताउनुभयो । कार्यक्रममा उद्योगमन्त्री नविन्द्रराज जोशीले मुलुकको आर्थिक विकास गर्नका लागि उद्योगको विकास गर्नु अपरिहार्य भएको भन्दै उद्योगको विकासले मात्र युवाहरूलाई स्वदेशमै रोजगारी दिन सकिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया