कालीकोट विमानस्थल निर्माण एक वर्षमा सक्न मन्त्री शाहीको निर्देशन

कालीकोट–भदौ १८ । पर्यटनमन्त्री जीवनबहादुर शाहीले कालीकोट कोटबारामा निर्माणाधिन विमानस्थल आफ्नै कार्यकालमा पुरा गर्ने बताउनुभएको छ ।jjकालीकोटको कोटबारामा बिक्रम सम्बत् २०४३ सालदेखि निर्माणको काम शुरु भई अझसम्म निर्माण पुरा नभएको एयरपोर्ट ३० वर्षपछि मन्त्री शाहीले आफ्नै कार्यकालमा सञ्चालनमा ल्याउने दाबी गर्नुभएको हो । विमानस्थलको निरीक्षण गर्दै मन्त्री शाहीले समग्र कर्णलीको विकाससँगै कालीकोटमा अबरुद्ध रहेको विमानस्थलको निर्माणको काम आफ्नै कार्यकालमा सम्पन्न गर्ने बताउनुभयो ।
विमानस्थलको स्थलगत निरीक्षणपछि मन्त्री शाहीले निर्माणको जिम्मा लिएको निकायलाई तत्काल काम थाल्न र एक वर्षभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ । मन्त्री पदको पदभार ग्रहण गर्ने समयमा नै मन्त्री शाहीले कालीकोटको बिमानस्थल आफ्नै कार्यकालमा सञ्चालनमा ल्याउने निर्णय गर्नुभएको थियो ।

jiban 2 kalikot airportकोटबारामा विमानस्थल निर्माण भएपछि छिमेकी जिल्ला दैलेखसहित कालीकोट आवजावतमा देखिदै आएको समस्या समाधान हुने स्थानीयको विश्वास छ ।

तपाईको प्रतिक्रिया