न्यूजील्याण्डमा ७ दशमलब १ रेक्टरको भूकम्प

एजेन्सी–न्यूजील्याण्डमा शुक्रबार विहान ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । न्यूजील्याण्डको उत्तरपूर्वी टाnewzeelandपुमा भूकम्पको धक्का महसुश भएपनि हालसम्म कुनै पनि मानवीय क्षति नभएको अधिकारीहरूले जनाएका छन । भूकम्पपछि उत्तर पुर्वी टापुका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ ।

उनीहरूलाई सजग रहन सरकारले आग्रह गरेको छ । न्यूजील्याण्डमा हरेक वर्ष १५ हजार भूकम्पीय धक्का जाने गरेका छन्, जसमध्ये १ सय ५० भन्दाबढी खतरनाक हुने गरेका छन् । सन् २०११ मा दक्षिणी पूर्वी टापु क्रिस्चर्चमा गएको ६ दशमलव ३ रेक्टर स्केलको भूकम्पमा परी १ सय ८५ जनाको ज्यान गएको थियो ।

Published On:  499पटक हेरिएको

तपाईको प्रतिक्रिया