ट्विटर मार्फत हेलो सरकारमा गुनासो आउनेक्रम बढ्यो

काठमाडौं–भदौ १८ । सामाजिक सञ्जाल ट्विटर फेसबुकमध्ये हेलो सरकारमा ट्विटरमार्फत गुनासा बढी आउन थालेका छन । पछिल्लो समय सामाजिक सञ्जालमा युवापुस्ताको लगाव बढ्दै गएपछि हेलो सरकारले गतवर्ष जेठ २५ बाट फेसबुक पेज र पौष २७ बाट ट्विटर सेवा सञ्चालनमा ल्याएको थयो ।

twitter-logo-blue२०६८ कार्तिकमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले सुरु गरेको हेलो सरकारमा साउन मसान्तसम्म ५० हजार ३ सय ५१ वटा गुनासो, सुझाव र उजुरी आएका छन् । प्राप्त उजुरीलाई उच्च प्राथमिकता, प्राथमिकता प्राप्त र साधारण गरी तीन तहमा विभाजन गरिन्छ ।

प्राप्त उजुरीमध्ये ४२ हजार बढीको फस्र्यौट भैसकेको छ । हेलो सरकारमा कर्मचारीहरु हरसमय बसेर गुनासा संकलन गर्ने र सम्बन्धित निकायमा कार्यान्वयनका लागि पठाउने गर्छन । साथै त्यसको लिंक वा जानकारी पनि सम्बन्धित गुनासोकर्तालाई दिइने गरिन्छ । हेलो सरकारमा विमानस्थलको सुधार, वैदेशिक रोजगारीमा ठगी, सार्वजनिक यातायातमा यात्रुले पाएको दु:ख, अस्पतालका सेवा, खानेपानी लगायतका गुनासा आउने गरेका छन ।  सबैभन्दा बढी गुनासा गृह मन्त्रालयका आउन गरेका छन ।

गुनासा फस्र्यौटमा  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बढी गरिरहेको छ । त्यस्तै स्थानीय विकास,  सबैभन्दा बढी उजुरी फछ्र्योट गरेको छ । गृह, प्रधानमन्त्री कार्यालय, स्थानीय विकास, उद्योग, पशुपक्षी विकास, सहरीलगायत मन्त्रालय पनि बढी फछ्र्योट गर्नेमा पर्छन् ।

तपाईको प्रतिक्रिया