वल्र्ड छनोटमा अर्जेन्टिना विजयी

भदौ । वल्र्ड कप छनोटमा हालै सन्यास फिर्ता लिएका कप्तान लियोनल मेस्सीको गोलको मद्दतमा अर्जेन्टिनाले उरुग्वेलाई पराजित गरेको छ । शुक्रबार बिहानको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई एक–शून्य गोलले पराजित गरेको हो । Argentina soccer teamअर्जेन्टिनाको घरेलु मैदानमा भएको खोलमा मेस्सीले ४३ औं मिनेटमा गोल गरी टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम मिनेटमा १० खेलाडीमा सीमित भएपनि उरुग्वेले गोल गर्न भने सकेन ।

यसअघि विश्व चर्चित खेलाडी तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले कोपा अमेरिकाको फाइनलमा चिलीसँग पराजित भएसँंगै सन्यासको घोषणा गरेका थिए । तर, टोलीमा फर्किन चौतर्फी दबाब आएपछि मेस्सीले सन्यास घोषणा फिर्ता लिएका थिए ।

तपाईको प्रतिक्रिया