भदौ । नुवाकोटको मनकामनास्थित भडारेमा वस्तीमाथि रहेको ‘जोखिमयुक्त’ ढुंगा सेनाले विष्फोट गरी हटाएको छ । सेनाको प्राविधिक टोलीले वस्तीमाथि रहेको ढुंगालाई पछिल्लो तीन महिनाको अध्ययनपछि विष्फोटक पदार्थको सहयोगमा हटाएको हो । २५ घरपरिवार बसोबास गर्दै आएको बस्तीमाथि भूकम्पका कारण डगमगाएर जोखिम बनेको ढुंगालाई हटाएसँंगै वस्ती सुरक्षित भएको छ ।
भीरमा रहेको ढुंगा हटाउन कठिनाइ भएपछि विकल्पमा वस्ती नै स्थानन्तरण गर्न लागिएको समयमा जोखिम टरेको छ । श्रीनाथ गणदेवीबाट परिचालितन सेनाको प्राविधिकसहितको टोलीले वस्तीलाई सुरक्षित बनाएको हो ।