संविधान संशोधन मार्फत असन्तुष्टका माग पूरा गर्नुपर्छ : सरोकारवाला

काठमाडाडैं–भदौ १८ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणी खनालले संविधान संशोधनमार्फत असन्तुष्ट पक्षलाई विश्वासमा लिन नसकिए संविधान कार्यान्वयनमा जटिलchakra हुने बताउनुभएको छ ।

काठमाडौंमा शुक्रबार भएको कार्यक्रममा माओवादी केन्द्रका नेता समेत रहेका सल्लाहकार खनालले संविधान संशोधनमार्फत असन्तुष्टका माग सम्बोधन गरी चुनावमा नगएर संविधान कार्यान्वयन सहज नहुने बताउनुभएको हो । उहाँले दलीय सहमति नजुटे पनि संविधान संशोधन विधेयक प्रक्रियामा लगेर सरकार चुनावकेन्द्रित हुने बताउनुभयो ।

नेता खनालले स्थानीय तहको संख्या र सीमाना बारेको विवाद दलीय सहमतिका आधारमा टुङ्ग्याउनुपर्ने भन्दै स्थानीय तहको निर्वाचन संविधान कार्यान्वयनको पहिलो आधार भएको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका नेता भरतबहादुर खड्काले संविधान कार्यान्वयको पहिलो खुड्किलो स्थानीय तहको निर्वाचन भएको भन्दै प्रमुख दलहरू एक ठाउँमा उभिनुको विकल्प नहुने बताउनुभयो ।

उहाँले मधेशी र आदिवासीका जायज माग सम्बोधन गर्न दलहरू एक ठाउँ उभिए मात्रै संविधान कार्यान्वयन र समृद्धिको ढोका खुल्ने बताउनुभयो । कार्यक्रममा एमाले नेता किरण गुरुङले संविधान संशोधनभन्दा संविधान कार्यान्वयन पार्टीको पहिलो एजेण्डा भएको भन्दै सरकारले संशोधनको आवश्यकता पुष्टि हुने गरी प्रस्ताव ल्याए स्वीकार्य हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया