स्वास्थ्य चौकीको लाइन काटेपछि उपचार सेवा प्रभावित

बारा–भदौ १७ ।  नेपाल विद्युत् प्राधिकरणले बाराको निजगढ नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रको लाइन काटेपछि उपचार सेवा प्रभावित भएको छ । सशस्त्र माओवादी द्वन्द्वका बेला संयुक्त सुरक्षा फौज चार वर्ष बस्दा उठेको विद्युत् महसुल नबुझाउँदा त्यसको मार अहिले परेको हो ।

लाइन काटिएपछि सर्पदंश, प्रसुतिलगायतका  विरामीको उपचारमा समस्या भएको प्राथमिक स्वास्थ्य केन्द्र निजगढका डाक्टर सानु दुबेले बताउनुभयो । माओवादी द्वन्द्वकालमा सेनासहित संयुक्त सुरक्षा फौजले प्रयोग गरेको तीन लाख ९६ हजार रूपैयाँ र त्यसपछिको समेत गरी ६ लाख २७ हजार ८ सय ६५ रुपैयाँ बक्यौता छ ।

तपाईको प्रतिक्रिया