अस्पताल लापरबाही गरेको लापरबाहीका कारण जनकपुरम एक महिलाको मृत्यु

जनकपुर–भदौ १७ । जनकपुर अञ्चल अस्पतालका चिकित्सकको लापरबाहीले एक महिलाको मृत्युभएको भन्दै आफन्तले चिकित्सकमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । महोत्तरी भरतपुरकी २२ वर्षीया सूर्यकला देवी पासवानको बुधबार राति उपचारका क्रममा चिकित्सकको लापरबाहीले मृत्युभएको भन्दै आफन्तले चिकित्सकमाथि कारबाहीको माग गरेका हुन् । सूर्यकलाको शव अस्पताल परिसरमा राखेर पीडित परिवारजनले प्रदर्शन गर्दै कारबाहीको माग गरेका हुन् ।janakpur hospital (3)

भदौं १४ गते अञ्चल अस्पतालमा भर्ना भएकी सूर्यकलालाई डाक्टर सुशीला सिंहले सुत्केरी गराउन शल्यक्रिया गरेकी थिइन् । शल्यक्रियापछि अत्यधिक रक्तस्राव हुँदा बेहोश भएकी पासवानलाई आईसीयूमा भर्ना गर्नुपर्ने भन्दै जनकपुरस्थित जानकी मेडिकल कलेजको सिटी हस्पिटलमा पठाइएको थियो । तर, सिटी हस्पिटलमा भर्ना भएको १० घण्टापछि पासवानको मृत्युभएको थियो ।

तपाईको प्रतिक्रिया