यातयात सिण्डिकेट हटाउन सांसदको माग

काठमाडौं–भदौ १७ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद अग्निप्रसाद सापकोटाले सिण्डिकेट हटाउने विषयमा सरकार र व्यवसायीको विवादका कारण यात्रुले दु:ख पाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । विहीबार संसद बैठकमा विषेश समय लिएर सांसद सापकोटाले सरकार तथा यातायात व्यवसायीबीच सिण्डिकेट हटाउने विषयमा देखिएको विवादका कारण हजारौं यात्रु मर्कामा परेको भन्दै यस विषयमा ध्यान दिन सरकारसँग माग गर्नुभएको हो ।

उहाँले भूकम्प पीडितहरूलाई सरकारले जाडो महिनामा उपलब्ध गराउने भनिएको न्यानो कपडा अझै नपाएकाले यस्तो किसिमको लापरबाहीको समेत छानबिन गर्न आग्रहsadan-samsad-bicc-750 गर्नुभयो । राप्रपा नेपालकी सांसद कान्ता भट्टराईले सम्पूर्ण समुदायको मातृभाषालाई सुधार गर्ने नाममा नेपाली राष्ट्र भाषा जथाभावी परिवर्तन गर्न नहुने भन्दै यस विषयमा सरकारले समयमा नै ध्यान दिनुपर्ने बताउनुभयो ।

जनमोर्चाका सांसद चित्रबहादुर केसीले संविधान संशोधनको विषयलाई लिएर नेपालको  प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीलाई चिठ्ठी पठाउनु दु:खद भएको बताउनुभयो । उहाँले संविधान संशोधनको विषय नेपालको आन्तरिक मामिला भएकाले यस विषयमा विदेशमा छलफल हुनु लज्जास्पद भएकाले यस विषयमा सदनलाई जानकारी गराउन माग गर्नुभयो ।

तपाईको प्रतिक्रिया