सबैको रोजाइमा स्टनिङ एजुकेशन फाउण्डेशन एण्ड आइटी सोलुशन

काठमाडौं–भदौ । कुनैपनि देशमा अध्ययन गर्न जानको लागि होस्, कुनैपनि देशको भाषा सिक्न होस् या कुनैपनि विषयमा टिउसन पढ्न तथा तयारी कक्षा लिन होस् यि सबै कुराको सुविधा उपलब्धता गराएको छ स्टनिङ एजुकेशन फाउण्डेशन एण्ड आइटी सोलुशनले । आधा दशकदेखि काठमाडौंको चावहिल बौद्ध स्तुपाको ठीक अपोजिट रहेर कक्षा सञ्चालन गरिरहेको यो फाउण्डेशन पछिल्ला बर्षहरूमा धरैको रोजाइमा पर्न सफल भएको छ ।

आइलटेस्ट, टोफेल साट, जिआरई, जिमाट लगायतको कोर्षहरूको पनि तयारी कक्stunningषा सञ्चालन गर्दै आएको यस फाउण्डेशनको मुख्य नारा नै ‘मेक द वल्र्ड यूओर क्लास रोम’ भन्ने रहेको छ ।

अन्य इन्टिच्युउड भन्दा कम पैसामा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस फाउडेश्नले विद्यार्थी सैद्धान्तिक मात्र नभएर व्यवहारिक रूपमा शिक्षा उपलब्ध गराउने वातावरण पनि मिलाएको छ । दक्ष, अनुभवी र भाषिक ज्ञान भएका शिक्षकहरूले सहज वातावरणमा यहाँ अध्यापन गराउँदै आएको फाउण्डेशनका सिइओ विजय कुमार गुप्ताले नेपाल परिक्रमालाई जानकारी दिनुभयो ।

देश तथा विदेशका विभिन्न एजुकेशन कन्सलटेन्सीहरूसँग सहकार्य गरेर विद्यार्थीहरूलाई सहजै उनीहरूको गन्तब्यमा पुर्‍याउन फाउण्डेशनले महत्वपूर्ण भूमिका खेलिरहेको सिइओ गुप्ताको भनाइ छ । फाउण्डेशनले विभिन्न खाले शैक्षिक परामर्श पनि दिदै आएको छ ।

तपाईको प्रतिक्रिया