पाकिस्थानसँको एक लिवसिय क्रिकेट सिरिजको उपाधि इंग्ल्याण्डलाई

भदौ १६ । पाकिस्तानसंगको एक दिवसीय क्रिकेट शृंखलाको सिरिज इंग्ल्याण्डले जितेको छ । मंगलबार राति ट्ेरन्ड बृज मैदानमा एक दिवसीय क्रिकेट शृंखलाको तेस्रो खेल जितेसंगै ईङ्ग्ल्याण्डले सिरिज आफ्नो कब्जामा पारेको हो । इंग्ल्याण्डले लगातार तीन खेल जित्दै दुई खेल खेल्नुअघि एक दिवसीय क्रिकेट शृंखलाको सिरिज आफ्नो पोल्टामा पारेको हो ।

england-lions-2013-v-nz-1355378टस जितेर ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ३ विकेटको क्षतिमा ४ सय ४४ रन बनाएको थियो । इंग्ल्याण्डका लागि एलेक्स हलेस्ले एक सय ७१ रन बनाएका थिए । त्यस्तै, जोई बुट्लरले ९०, जोई रुटले ८५ र मोर्गनले ५७ रन बनाएका थिए । ४ सय ४५ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानले ४२ दशमलव ४ ओभरमा सबै विकेटको क्षतिमा २ सय ७५ रन मात्र बनाउन सक्यो । पाकिस्तानका लागि शारजिल खानले ५८ रन बनाएका थिए ।

Published On:  429पटक हेरिएको

तपाईको प्रतिक्रिया