जनकपुरमा निजी बिद्यालय चर्को लिएको भन्दै कारवाहीको माग

जनकपुर–भदौ १६ । जनकपुरका नीजि विद्यालयहरुले विभिन्न बहानामा चर्को शुल्क लिएको भन्दै स्थानीय युवाहरुले कारबाहीको माग गर्दै प्रशासनसमक्ष माग गरेका छन् । जनकपुरका तीनवटा युवा क्लबले जिल्ला प्रशासन कार्यालय धनुषा पुगेर विभिन्न बहानामा चर्को शुल्क लिने नीजि विद्यालयहरुको अनुगमन गरी कारबाही गर्न प्रमुख जिल्ला अधिकारीसंग माग गरेका हुन् ।

जनकपुरस्थित अक्षर विद्या मन्दिरले समयमा मासिक शुल्क नबुझाएको भन्दै अभिभावकबाट मासिक शुल्कको जरिवाना वापत् २ हजार ५ सय रुपैयाँ असुलेपछि नागरिक समाजका अगुवा तथा युवाहरुले प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।

तपाईको प्रतिक्रिया