भदौ १६ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले तीन ठुला दलले लाद्ने सिण्डिकेट आफ्नो पार्टीलाई मान्य नहुने बताउनुभएको छ । सुनसरीको इटहरमिा भएको कार्यक्रममा अध्यक्ष थापाले तीन दलले निर्णय गर्ने र पछि साना दलसंग सहमति खोज्ने ठुला दलको सिण्डिकेट मान्नुपर्ने बाध्यता नभएको बताउनुभएको हो ।
उहाँले राष्ट्रका महत्वपुर्ण विषयमा सबैको सहमति आवाश्यक रहेको भन्दै बर्तमान सरकार मधेशको मागमा जिम्मेवार नभएको आरोप लगाउनुभयो । अध्यक्ष थापाले मधेशको मागलाई सम्मानजनक रुपमा सम्बोधन गर्न छाडेर सरकारले आेंठे प्रतिवद्धता मात्र जनाएको र दलीय सहमतिप्रति कुनै पहल नगरिएकोमा आपत्ति जनाउनुभयो ।