काठमाडौं–भदौ १६ । सरकारले असोज २ गतेदेखि ४ गतेसम्म ३ दिन संविधान दिवस भव्य रुपले मनाउने निर्णय गरेको छ । बुधवार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको संविधान दिवस मुल समारोह समितिको बैठकले असोज २ देखि ४ गतेसम्म ३ दिन संविधान दिवस मनाउने निर्णय गरेको हो ।
निर्णयअनुसार असोज २ गते मुलुकभर महानगरपालिका, उपमहानगरपालिका र गाविसले आ–आफ्नो क्षेत्रका विभिन्न स्थानमा राष्ट्रिय झन्डा एवं ब्यानर सजाई सफाइ गर्ने कार्यक्रम रहेको छ । त्यस्तै असोज ३ गते काठमाडौंको सैनिक मञ्चमा विषेश कार्यक्रम हुनेछ । संविधान दिवस मनाउने सिलसिलामा आगामी असोज ४ गते रेडियो नेपालबाट फूलबारी तथा लोक दोहोरी गीत सम्मेलनको आयोजना गर्ने, साँझ दीपावली गर्ने कार्यक्रम तय भएको छ ।