सहमति नकुरौँ, स्थानीय तह निर्धारण छिटो टुङ्ग्याऊँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं–भदौ १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार साँझसम्म दलीय सहमतिको प्रयास गर्न र सहमति नभए छिटो टुिङ्गनेगरि काम थाल्न स्थानीय तह पुनर्संरचनासम्वन्धी आयोगलाई निर्देशन दिनुभएको छ ।
Prachanda_jpgसरकारी निवास बालुवाटारमा बुधबार अयोगका अध्यक्ष वालानन्द पौडेलसँगको भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले दलीय सहमतिका लागि साँझसम्म अन्तिम प्रयास गर्न र सम्भव नभए प्रक्रिया थाल्न निर्देशन दिनुभएको हो । प्रधानमन्त्रीले साँझसम्म पनि दलहरुबीच सहमति नभए ढिला नगरी काम सक्न सुझाब दिएको आयोगका अध्यक्ष पौडेलले नेपाल परिक्रमालाई बताउनुभयो । आयोगले स्थानीय तहको क्षेत्र निर्धारणबारे साझा धारणा बनाउन दलहरुलाई बुधबारसम्म समय उपलब्ध गराएको थियो ।

आयोगले स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर काम अघि बढाउने बताएको छ । भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले स्थानीय तहको प्रस्तावित संख्या ५ सय ६५ का बारेमा आधार माग गर्दै संख्या थपघट बारे जिज्ञासा राख्नुभएको बताइएको छ

तपाईको प्रतिक्रिया