विद्यार्थी शून्य भएका विद्यालय खारेजीको प्रक्रियामा

ललितपुर–भदौ १५ । विद्यार्थी शून्य भएका जिल्लाका निजी विद्यालय बन्द गर्ने अभियान सुरु भएको छ ।

vector, sketch, back to school and teacher with books

ललितपुर जिल्लामा पहिलोपटक सञ्चालनमा नभएका विद्यालयको दर्ता खारेज गर्ने प्रक्रिया सुरु गरिएको जिल्ला शिक्षा कार्यालय ललितपुरले जानकारी दिएको हो । जिशिका ललितपुरका अनुसार उन्नाइसवटा विद्यालय दर्ता खारेजीको प्रक्रियामा छन् भने १६ ओटा विद्यालयको नाम प्रकाशित गरिएको छ । थप तीनवटा विद्यलय छुटेको भन्दै जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले छिट्टै नाम प्रकाशित गरिने बताउनुभएको छ ।

जिल्ला शिक्षा कार्यलयले स्रोतव्यक्तिमार्फत विद्यालयको निरीक्षण गरेपछि दर्ता खारेजीको प्रक्रिया थालनी गरेको हो । कार्यालयमा नियमित रेकर्ड नबुझाउने, निम्नमाध्यामिक तह वा प्रवेशिका परीक्षामा सहभागी नहुने सबै विद्यालय कारबाही दायरामा आउने बताइएको छ । यता, सरोकारवाला पक्षले विद्यार्थी शून्य हुँदासमेत दर्ता खारेज नगर्ने विद्यालयलाई कडा कारबाही आवश्यक हुने बताएका छन् । शिक्षाविद्हरु त राज्य पक्ष कमजोर देखिदा शिक्षा क्षेत्रमा बिक्रिति मौलाएको बताउँछन् ।

सन् २०१६ देखि सञ्चालित ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ले सामुदायिक र निजी दुवै विद्यालय विद्यार्थी कम भए समायोजन गर्नुपर्ने भनेको छ । तर अधिकांश निजी विद्यालय विद्यार्थी ज्यादै न्यून वा शून्य नै हुँदा समेत बेखबर छन् । शिक्षा नियमावलीले नियमित सञ्चालनमा नआएका विद्यालयलाई रु २५ ह

तपाईको प्रतिक्रिया