जाजरकोट–भदौ १५ । छिन्चु–जाजरकोट सडकको फेराखोला र जुँगैखोलामा दुईवटा पक्की पुल निर्माण भएपछि यातायात सेवा सहज भएको छ । आर्थिक वर्ष २०७१/७२ मा सम्झौता गरी तीन वर्षमा पुल निर्माण गर्ने भनिएपनि तोकेको समय अगावै निर्माण सम्पन्न गरिएको हो ।
दुवै पुल करिब १३ करोड लागतमा निर्माण गरिएको हो । पुल बनेपछि भुर, पुन्मा, जगतीपुरका स्थानीयलाई सहज भएको छ । त्यसैगरी अनक–लुम्बिनी जेभी निर्माण सेवाले छिन्चु–जाजरकोट सडकको सुर्खेतको जुँगैखोलामा सडक पुल निर्माण गरेको छ । यो पुल ५ करोड २५ लाखमा निर्माण गरिएको हो ।