भदौ १५ । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मधेशी मोर्चाले राखेको संविधान संशोधनको माग मधेशी जनताको नभएको दाबी गर्नुभएको छ । भक्तपुरमा मङ्गलबार भएको कार्यक्रममा सचिव ज्ञवालीले मधेशी मोर्चाका केही नेताहरूको ब्यक्तिगत मागलाई मधेशी जनताको माग भन्न नमिल्ने बताउनुभएको हो ।
उहाँले यही मागका आधारमा संविधान संशोधन गर्नु गलत हुने धारणासमेत राख्नुभयो । सचिव ज्ञवालीले जायज माग सम्बोधन गर्न एमालेले बिगतमै संबिधान संशोधन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै केही नेताको स्वार्थ पूरा गर्न एमाले तयार नहुने बताउनुभयो । सचिव ज्ञवालीले सरकारी गठबन्धनले बहानाबाजी गरेर निर्वाचन नगर्ने खेलमा लागेको आरोपसमेत लगानुभएको थियो ।