सबैका लागि प्रेरणा बन्दै लामाचौर तीज महोत्सव

भदौ । नबिन भण्डारी–हरितालिका –तीज भन्ने बितिकै झट्ट दिदी बहिनीलाई सम्झीन्छु । सानो छदा आमासंग पछि लागेर मामा घर गएको, मध्येरातमा उठी दर खाएको,  अलि ठूलो भएपछि दिदी बहिनीलाई दरखानको लागि लिन जाने गरेको याद आउँछ ।
तीजमा नेपाली महिला दिदी बहिनीहरु माईतीमा गई तीजको अघिल्लो दिन राती दर  खाने चलन छ । त्यसैगरी तीजको मुख्य (तृतिया) दिन आÇनो श्रीमानको दिर्गायूको कामना गदै निलाहर उपवास सहित भगवान शिव जिको  ब्रत बसी  सोही दिन रातो सारी, चुरा पोते अनी श्रृंगारको सामानले सजिए र आफुसंग भएका गरगहना लगाई  सम्पूर्ण दिदी बहिनीहरु आफ्ना बर्षभरिका दु:ख पीडा र सम–सामयिक बिषयलाई जोडेर एकै ठाउँमा जम्मा भई दु:ख अनि बेदनाका पीडा ब्यथा अकल्पनीय घटनालाई एक आपसमा गीतको माध्यमबाट ब्यक्त गर्ने र एकदिन भएपनि नाचगान गरेर बर्षभरीका पीडा मेटाउने महिलाहरुको पर्व रहेको छ जसलाई हरितालिका “तीज” नाच्ने दिन भनिन्छ ।
तीजको अन्तिम दिन ऋषि पञ्चमीको दिन दिदी बहिनीहरु बिहान सबेरै उठी गंगामा स्नान गरी दत्तिउन टोक्ने चलन छ । सोही दिन ब्राहम्ण बोलाई नजिका दिदी बहिनी मिली एकै ठाउँमा ऋषिमुनीको पूजा पाठ गरी  शुद्ध खानेकुरा भोजन खाई तीजको समापन गर्ने चलन छ ।
तर केही बर्ष यता देखि आÇनो मौलिक सस्कृतिलाई नै बिर्सिएर हाम्रा दिदी बहीनीहरुले मनाउने तीज पर्व भने फरक शैलीको भएको पाइएको  छ । तीज आउनु भन्दा एक डेड महिना अघि देखि नै ठूला– ठूला होटल अनि पार्टी प्यालेसमा दर खाने र महंगा सारीका  साथै गर –गहनाहरु शिर देखि पाउसम्म पहिरिएर प्रर्दशन गर्ने र तीज पर्व लाई नै बिर्सिएर उश्रृङखल खालको गीत गाउने र  नाच्ने गरेको पाइन्छ ।

यो शैलीले हुने खानेहरुको लागि त तीज पर्वको रौनक छाउँला नै तर दुर दराजमा रहेका हुँदा खाने नेपाली दिदी बहिनीहरुको मन मतिष्क  अनि नारी अस्मितामा कस्तो प्रवाभ पार्ला ? एक पटक सोचौ त ? ‘‘मौलिक सस्कृतिको जर्गेना गरौ उल्लङगन होइन’’  हो यहि भनाइलाई आत्मसाथ गदै महिला दिदी बहिनीहरुको महान पर्व हरितालिका तीज लाई नव आदर्श सामुदायिक विकास समाज लामाचौरले श्री इन्द्र राज्यलक्ष्मी उच्च मा.बि को प्राङ्गणमा बिगत १९ बर्ष देखि हरितालिका तीज मेला हँुदै महोत्सवमा रुपान्तरण गरिसकेको छ । सोहि महोत्सवलाई निरन्तरता दिदै यस बर्ष पनि २० औं संकरण भब्य अनि सब्य रूपमा संचालन गर्ने व्यवस्थापन सहित विभिन्न कार्यक्रम राखिएको छ ।

भाद्र १७, १८, र १९ गते समूहगत तीज गित प्रतियोगिता, राष्ट्रिय महिला भलिवल प्रतियोगिता, विद्यालय स्तरीय छात्र भलिवल प्रतियोगितला, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, महिला तथा बालबालिकाको लागि विशेष प्रतियोगिता एवं रमाईला खेलहरु समावेश गरिएको छ । महोत्सवमा लोक दोहोरीका ख्याति प्राप्त कलाकारहरु कोमल ओली, पशुपति शर्मा लगायतको प्रस्तुती रहनेछ । महोत्सव संचालन गर्नको लागि हौसला प्रदान सहित  बिगत ४ बर्षदेखि कैलाश बिकास बैंक मुख्य प्रायोजक रहेको उक्त महोत्सवमा बिशेष सहयोगी बानियाँ किरान स्टोर्स लामाचौरले गरेको छ ।

तपाईको प्रतिक्रिया