भदौ–भारतसँगको टी–ट्वान्टी क्रिकेट शृंखलाको सिरिज वेष्ट इन्डिजले जितेको छ । अमेरिकाको फ्लोरिडामा आइतबार राति दोस्रो खेल वर्षाले रद्द भएसँगै वेष्ट इन्डिजले टी–ट्वान्टी क्रिकेटको शृंखला एक–शून्यले जितेको हो । टस हारेर ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित २० ओभर सकिन २ बल बाँकी छँदा सबै विकेटको क्षतिमा एक सय ४३ रन बनाएको थियो ।
वेष्ट इन्डिजका लागि ओपनर जोहनसन चाल्र्सले ४३ रन बनाएका थिए । १ सय ४४ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको भारतले २ ओभरमा विना विकेट १५ रन बनाउँदा पानी परेपछि खेल रद्द भएको थियो । यसअघि भएको खेलमा टी–ट्वान्टी विश्व विजेता वेष्ट इन्डिजले भारतलाई एक रनले पराजित गरेको थियो ।